गीत


गीत
आन्दोलन गरेर सडकमा, जेठा बा को गाँस नै खोसियो

जेठो छोरो जंगल छिर्दा हराएथ्यो उतै
विदेश गा’को कान्छो बाटो बिराएथ्यो उतै
यता सबै लालाबाला यौटै काँध माथि
पानी पर्दा ओत छैन, छैनन् कोही साथी
आन्दोलन गरेर सडकमा, जेठा बा को गाँस नै खोसियो...

जंगलबाट महल छिर्दा साथ तिन्कै थियो
साथ दिई जिताउने हात तिन्कै थियो
स्वर्ग जस्तो नेपाल बन्ला सपना यौटै थियो
जसलाई जिताई पठाइयो उल्टै धोका दियो
आन्दोलन गरेर सडकमा, जेठा बा को गाँस नै खोसियो

आज प्रत्येक जातले यौटा देश खोज्दैछन् रे
देश टुक्रा पार्न धेरै  नाम रोज्दैछन् रे
जेठा बा को आग्रह छ सिङ्गो नेपाल रहिरहोस्
नेपाललाई चिनाउने सारा हिमाल रहिरहोस्
आन्दोलन गरेर सडकमा, जेठा बा को गाँस नै खोसियो

No comments:

Post a Comment