Friday, July 1, 2011

गजल


चलेको छ जिन्दगी धोकैधोकामा
जलेको छ जिन्दगी धोकैधोकामा

पोल्नु पोल्यो यादका लप्काहरूले
बलेको छ जिन्दगी धोकैधोकामा

this gazal was written by Prince Prakash
पिरतीको उकाली चड्नै नसकी
ढलेको छ जिन्दगी धोकैधोकामा

भोगाइ सबै दु:खान्त चर्चा नराम्रो
गलेको छ जिन्दगी धोकैधोकामा

दुनियाको साथ बिना एक्लो वरझैँ
फलेको छ जिन्दगी धोकैधोकामा

कविता

कविता खै के कविता....?
त्यो बेला ,
मधुरो उज्यालोमा एकनाश
एकनाश हेरिरहेछु म,
एक मलिन चेहरालाई
अनि करबलले पनि निन्द्रा लाग्दैन
जरूर नजर त्यतै छ
फुङ्ग उडेको चेहरामा
मेरो मलिनतामा नैराश्यता देखिन्छ,स्पस्ट
तर ममा,
चिटचिट पसिनाले
मेरो कायाहरूमा खोलो बगाउछ,
उनी हजुरको भाषामा मेरो हाल सोध्छिन्
म जीवनको अन्तिम घडीमा छु
-आभाष हुन्थ्यो
म पीडा कम भएझै गर्थेँ
खुशीको संचार हुन्थ्यो उनमा
तर पनि ममा,
बिगतका यादका पोकाहरू खुल्दै गएछन्
स्मृतिका बगैचाहरू डुल्दै गएछ मेरो मन
अनि मेरो आँखाले टोलाएझै गरेछ
म कति तीता मिठा पलहरूमा,
अल्झिएछु, बल्झिएछु, सुल्झिएछु त कहीँ चुपचाप
यसरी त्यो घडीसम्म त
निकै इतिहास बनेछन्
निकै डायरी रचिएछन्
निकै कुरा गरिएछन्
निकै शब्द पोखिएछन्
तर यो आखिरी क्षणमा
किन यस्तो कुरा आउछ?
मनले मनलाई प्रश्‍न गर्छ-
यो तेरो अन्तिम घडीमा,
पाउने कुरा, लैजाने कुरा,
तँसँग भएको तँ मात्र होस्
मनले मनलाई भनेछ ।

उनको स्पर्श त घच्घच्याइले
मेरा आँखा उनको आँखामा
पर्न गएछ, मेरो आँखा कोल्टिएछ
बोल्न खोजेछु, बन्द भएछ बोली
कोल्टे फेर्दा एक ढिक्का आशु खसेछ
--
मनमनै भनेछ-
तिमीसँग रहँदा बस्दा
तीता मीठा गुन बैगुनका
धेरै भए होलान्
पीर नगर तीता र बैगून लाँदैछु मसँगै
मीठा क्षणहरू सम्झिरहनू।।
यति सोच्दा सम्म त
उनको आँखामा ढकनी लागेछ,
र त्यो पलमा
रातको मध्यान्तरसँगै
मेरो, तन्किदो शरीरले
उनलाई आशिर्वाद दिइरहेथ्यो
खुशीको, हाँसोको- मेरो अभावमा पनि ।
दीर्घायू बनोस् सुख
अनि म चीर निन्द्रामा पुगेछु त्यो रात.....
Prince Prakash

गीत - गजल
रूझेका यी आँखा ओभानो बनाएँ
तिम्रो मेरो कथा पुरानो बनाएँ

आफूखुशी लग्यौ तिमीले मेरो दिल
मुटु धेरै चोटी अचानो बनाएँ

बेमौसमी आँशु बलेसी कटाउन
आफ्नो घरको नयाँ यो छानो बनाएँ

म तिम्रो खुशीमा कहिले मर्दिन
अझ कसिलो यो भक्कानो बनाएँ

पिरतीको खेलमा हारेपछि मैले
आफूभन्दा आफैलाई सानो बनाएँ

खाली समय


गजल
अनुमति बिना नै पो छिर्छु भन्छौ दरबार मेरो
माया गरी ढाल्छु भन्छौ एकलौटी सरकार मेरो

पिरतीको कानुन फेर्न दिनदिनै सदन धाउछ्यौ
सबै आफ्नो बनाईसक्यौ कसले सुन्ने बिचार मेरो

सहमति  बिर्सिएर  फेरि  अर्को  बुँदा  थप्दै
शर्तहरू  तेर्सो  पारी खोस्ने भयौ आधार मेरो

के के गर्छौ संसोधन हाम्रो  प्रेमको  बिधानमा
Prince Prakash
माया फिर्ता गरी तिम्ले लुट्ने भयौ संसार मेरो....