गजल

गजल

म जस्तै थियो बेकसुर ऊ पनि
म जस्तै थियो मजदुर ऊ पनि

देश, परिवार के के मात्र सोचोस्
दोधारमा थियो जरूर ऊ पनि 

छोडेन कहिल्यै समस्याहरूले
समाधान खोज्न मजबुर ऊ पनि 

टाउको ठोकेर मन्दिरहरूमा
 तिरिरहन्थ्यो रे दस्तुर ऊ पनि

गुनासो थियो देउताहरूसित
किन मान्छे जस्तै निठूर ऊ पनि 

कलम लिएर युद्ध गर्छु भन्दै
आएको थियो ए! हजुर ऊ पनि 

-प्रिन्स प्रकाश
काँडाघारी, गोठाटार
6/27/2013
12:56 am

1 comment: