कविता खै के कविता....?
त्यो बेला ,
मधुरो उज्यालोमा एकनाश
एकनाश हेरिरहेछु म,
एक मलिन चेहरालाई
अनि करबलले पनि निन्द्रा लाग्दैन
जरूर नजर त्यतै छ
फुङ्ग उडेको चेहरामा
मेरो मलिनतामा नैराश्यता देखिन्छ,स्पस्ट
तर ममा,
चिटचिट पसिनाले
मेरो कायाहरूमा खोलो बगाउछ,
उनी हजुरको भाषामा मेरो हाल सोध्छिन्
“ म जीवनको अन्तिम घडीमा छु
-आभाष हुन्थ्यो
म पीडा कम भएझै गर्थेँ
खुशीको संचार हुन्थ्यो उनमा
तर पनि ममा,
बिगतका यादका पोकाहरू खुल्दै गएछन्
स्मृतिका बगैचाहरू डुल्दै गएछ मेरो मन
अनि मेरो आँखाले टोलाएझै गरेछ
म कति तीता मिठा पलहरूमा,
अल्झिएछु, बल्झिएछु, सुल्झिएछु त कहीँ चुपचाप
यसरी त्यो घडीसम्म त
निकै इतिहास बनेछन्
निकै डायरी रचिएछन्
निकै कुरा गरिएछन्
निकै शब्द पोखिएछन्
तर यो आखिरी क्षणमा
“किन यस्तो कुरा आउछ?
मनले मनलाई प्रश्न गर्छ-
“ यो तेरो अन्तिम घडीमा,
“ यो तेरो अन्तिम घडीमा,
पाउने कुरा, लैजाने कुरा,
तँसँग भएको तँ मात्र होस्”
मनले मनलाई भनेछ ।
उनको स्पर्श त घच्घच्याइले
मेरा आँखा उनको आँखामा
पर्न गएछ, मेरो आँखा कोल्टिएछ
बोल्न खोजेछु, बन्द भएछ बोली
कोल्टे फेर्दा एक ढिक्का आशु खसेछ
--
र
मनमनै भनेछ-
तिमीसँग रहँदा बस्दा
तीता मीठा गुन बैगुनका
धेरै भए होलान्
पीर नगर तीता र बैगून लाँदैछु मसँगै
मीठा क्षणहरू सम्झिरहनू।।
यति सोच्दा सम्म त
उनको आँखामा ढकनी लागेछ,
र त्यो पलमा
रातको मध्यान्तरसँगै
मेरो, तन्किदो शरीरले
उनलाई आशिर्वाद दिइरहेथ्यो
खुशीको, हाँसोको- मेरो अभावमा पनि ।
दीर्घायू बनोस् सुख
अनि म चीर निन्द्रामा पुगेछु त्यो रात.....
No comments:
Post a Comment